सम्झनामा -तमु ल्होसार - २०८२
ग्रेटर टोरोन्टोवसि सम्पूर्ण तमु - तमुस्यो,
सप्रेम नमस्कार, छ्याजलो !
न्यानो -न्यानो अभिवादन क्ष्याजलोको🙏🙏
सोलीभरी-भरीको कोसेली आशीमालाको🎉🎉
आशीमाला तमु ल्होसारको!
आशीमाला नयॅा हर्ष र उमंगको!
************************
सम्झनामा -तमु ल्होसार - २०८२
************************
बबाल ! अति बबाल !!
के साह्रै हो यो ?
धुवॅादार धमका होनि यो!
मनभरी ल्होसारे भाव सजाउनेहरुको!
तनभरी आफ्नो पहिचान बोक्नेहरुको!
सुन्दर तमु भेषभुषाले पहीरिनेहरुको!
यो भीडम् - भीड असल मान्छेहरुको।
ल्होसारे उत्सव मनाउनेहरुको!
असमेल ल्होसारे सागर हो यो!
क्यानेडियन नेपाली,
हामी तमु-तमुस्योहरुको !
मान्छे-मान्छेको यति ठुलो बथान,
यति धेरै मान्छे-मान्छेको हुल,
हैन है अरुको ?
यो त हाम्रो हो, हाम्रो!
ल्होसारे उत्सव मनाउनेहरुको!
हामी तमु-तमुस्योहरुको !
*********************
बधाई तथा धन्यवाद
********************
हार्दिक बधाई तमु धीं क्यानडालाई!
मुरि मुरि धन्यवाद आयोजक मन्डललाई!
अनि, थुप्रै - थुप्रै अरु प्रीय जनहरुलाई:
विविध कलाका पारखीहरुलाई,
प्रविधिका तपाई नायकहरुलाई,
थाक्दै नथाक्ने तपाई पौरखीहरुलाई,
सहयेगि मनका धनिहरुलाई!
सहभागी, शुभचिन्तक र अन्य सबै-सबैलाई!
फेरि पनि, ज्ञासाजेलाई आशिमालासंगै फ्युजन गरियो,
फ्युजनको फन्के रोटीले सोलि भरियो,
समर्पण गरें मैले,
सोलि भरिको यो कोसेलि, 🎉
प्रीय तमु धीं क्यानाडालाई,🙏
समस्त तमु- तमुस्योलाई,🙏
शुभेच्छुक र अन्य सबै-सबैलाई!🙏
जय तमु !
जय तमु धीं क्यानडा!
विनित ,
बीर ब. तमु (ब्राम्टन, ओन्टारियो)
सल्लाहाकार, तमु धीं , क्यानडा