तमु ल्होसार 2026 को निमन्त्रणा
*** हार्दिक निमन्त्रणा ***
GTA तथा क्यानडा बसोबास गर्नुहुने सम्पूर्ण आदरणीय दाजुभाइ र दिदीबहिनीहरूलाई तमु समुदायको महान पर्व "तमु ल्होसार" को अग्रिम शुभकामना व्यक्त गर्दै, "तमु धीं क्यानडा" को आयोजनामा तमु जातिको मौलिक संस्कार, संस्कृति र परम्पराहरूलाई झल्काउने बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिदैंछ। उक्त कार्यक्रममा स्वादिष्ट नेपाली खानाका परिकारहरुका साथै विभिन्न स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति र अन्तिममा DJ को प्रस्तुति समेत रहनेछ। बहु-प्रतिक्षीत यस विशेष कार्यक्रममा यहाँहरु सबैलाई सहभागीताको लागि हार्दिक आमन्त्रण गर्दछौं!
मिति : शनिबार, जनवरी ३, २०२६
स्थान : 2185 Stavebank Rd,
Mississauga, L5C 1T3